दाना उत्पादनको लागि गुणस्तरीय कच्चा पदार्थ तथा विश्वविख्यात कम्पनीका फिड एडेटिभ्सहरुको प्रयोग।
अन्तरार्ष्ट्रिय स्तर मै ख्याती प्राप्त पोषण विज्ञको सूत्र निर्धारण तथा प्रत्यक्ष निगरानीमा दानाको उत्पादन गरिने ।
कच्चा पदार्थ तथा उत्पादित दानाको परीक्षणका लागि कम्पनीमै स्वतन्त्र अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था।
दानाको सूत्र निर्धारण गर्दा नेपालको भौगोलिक हावापानी तथा तापक्रमलाई मध्यनजर गरी समय समयमा परिवर्त न गरिने ।
नियमित बजार अनुगमन तथा प्राविधिक सहयोगको व्यवस्था ।
दाना सुपाच्य, पूर्ण सन्तुलित, रुचिकर र कम खेर जाने ।
अत्याधुनिक स्वचालित मेशिनबाट तयार पारिएको हुँदा त्रुटि हुने सम्भावना अत्यन्तै न्यून।
हानिकारक किटाणु, विषाणु र ढुसी र हित भएकोले दानाको कारण रोग लाग्ने सम्भावना विल्कुलै नभएको ।
दाना उत्पादनमा आधुनिक एवम् कम्प्युटर प्रविधि प्रयोग भएकोले पौष्टिकताको ग्यारेन्टी भएको ।
एपोलो पेलेट दानाका हरेक गोटीहरु सन्तुलित हुने ।
दानाको उत्पादन प्रक्रियामा पानीको मात्रा नियन्त्रण गरिने हुँदा खुद तौलमा फरक नपनेर् र दानाको गुणस्तर मा पनि ह्रास नआउने ।
पेलेट दाना: दाना उत्पादन गर्ने यो आधुनिक प्रबिधी हो, यो दाना गोटी परेको हुन्छ तसर्थ अधिकांश कृषकहरु यस्लाई गोटी दाना भनेर पनि चिन्छन । यस प्रबिधिमा दाना उत्पादनको लागि कच्चा बस्तुको छनौट्, अत्याधुनिक उत्पादन प्राणली को हरेक चरणमा गुणस्तर नियन्त्रण, रोग नियन्त्रण सन्तुलन भिटामिन तथा अन्न्य खनिज हरुको उपयुक्त चयन र उत्पादनको एकरुपतामा ध्यान दिन्छ, यो दाना उत्पादन गर्ने आधुनिक र महँगो प्रबिधी हो । यो प्रबिधिमा उत्पादकहरुलाई दाना उत्पादन मा बढी लागत लागेपनी उपभोक्ता तथा कृषकहरुलाई यो दाना प्रयोग गर्दा बढी फाइदा हुन्छ, संमग्रमा फाईदा अनुपातमा कृषकहरुलाई लागत कम पर्न जान्छ ।