info@apollofeeds.com.np फोन नं.: ०५६-५३१०५४ / ५३१७०५

परिचय

परिचय

कृषि प्रधान देश नेपालमा विद्यमान मानव पोषणमा प्रोटिनको  कमीलाई  न्यूनीकरण गरी कृषकहरुलाई  आर्थिक रुपले  सवल बनाउँदै  प्रोटिनयुक्त खाद्य पदार्थको आपूर्ति गर्ने एकमात्र व्यवसाय कुखुरापालन हो । कुखुरापालन व्यवसायलाई  सफल बनाउन उत्पादकत्व वृद्धि गर्नु जरुरी हुन्छ। लगानीका हिसाबले दानामा मात्रै झण्डै  ७०% लगानी हुन्छ। उत्पादकत्व वृद्धि गर्न  र  व्यावसायिक सफलता हासिल गर्न  उच्च गुणस्तर को  दाना आवश्यक हुन्छ। तसर्थ  कुखुरापालन व्यवसायलाई  थप ऊर्जा  प्रदान गरी आधुनिकीकरणतर्फ  उन्मुख गराई  कृषकवर्गको  आर्थिक उन्नति गर्ने उद्देश्यका साथ नेपाली युवा उद्यमीहरुको  लगानीमा वि.सं. २०७१ साल आश्विन ७ गते  एपोलो  फिड्स प्रा.लि. को स्थापना भएको हो ।

लामो  समयदेखि पन्क्षी आहार  र  पन्क्षी स्वाथ्य अनुभवी विज्ञ डाक्टरहरुको  प्रत्यक्ष निगरानीमा अत्याधुनिक प्रविधिबाट सञ्चालित यस उद्योगले  आफ्नो  उत्पादनहरु एपोलो  ब्राण्डमा कृषक माझ पस्किएको  छ। एपोलो  पेलेट दाना अत्याधुनिक प्रविधि तथा गुणस्तरीय कच्चा पदार्थ हरुको  समीश्रणबाट तयार  पारिएको  र  पौष्टिक तत्वको  सुत्र निर्धारण गर्दा  विज्ञहरुको  संलग्नतामा कुखुराको  अधिकतम उत्पादकत्व वृद्धि गर्ने ध्येयका साथ तयार  पारिएको पूर्ण सन्तुलित उच्च गुणस्तरको पेलेट दाना हो । एपोलो  पेलेट दानाले कुखुरापालन व्यवसायमा नयाँ आयाम ल्याई  कृषक वर्गलाई  सन्तुष्ट बनाउने छ भन्ने  एपोलो  पेलेट फिड्स प्रा.लि. को  उच्च विश्वास रहेको  छ।

Apollo Feeds (P.) Ltd.
Bharatpur- 11, Bhojard,
Chitwan, Nepal.

Telephone
+977 056-531054, 531705
Fax:- +977 056-
WhatsApp:- +977
Email:- apollofeedspl@gmail.com
info@apollofeeds.com.np

Subscribe