एपोलो पेलेट दाना
स्तरीय कच्चा पदार्थहरुलाई कम्पनीको गुणस्तर नियन्त्रण विभागमा रहेको अत्याधुनिक सुविधा सम्पन्न प्रयो गशालामा परीक्षण गरिन्छ। परीक्षण पश्चात योग्य ठहरि एकाकच्चा पदार्थहरुको पौष्टिक मात्रा एकिन गरी अन्तराष्ट्रिय स्तर मा ख्याती प्राप्त पोषण विज्ञको प्रत्यक्ष निगरानीमा एपोलो पेलेट दानाको सूत्र निर्धारण गरिन्छ। जसरी सूत्र निर्धारण गर्दा पशुपन्क्षीबाट अधिकतम उत्पादकत्व वृद्धि गर्न चाहिने सम्पूर्ण मापदण्डलाई ध्यानमा राख्दै विश्वविख्यात कम्पनीका फिड्स एडिटिभ्स प्रयोग गरिन्छ र अत्याधुनिक स्वचालित मेशिनबाट एपोलो पेलेट दाना तयार पारिन्छ। यसरी उत्पादित दानाको प्रत्येक ब्याचलाई प्रयोगशालामा परीक्षण गरी पौष्टिक तत्वको मात्रा एकिन गरी पूर्ण सन्तुलित र मापदण्ड अनुरुप भएमा मात्र कम्पनीको गुण नियन्त्रण विभागले बजार मा बिक्री वितरणको लागि स्वीकृत गर्दछ ।
एपोलो पेलेट दाना सुपाच्य, सन्तुलित र रुचिकर भएको हुँदा मासु अण्डा, दुध र माछाको उत्पादनमा उल्लेख्य वृद्धि हुने एपोलो फिड्स प्रा.लि.को उच्च विश्वास रहेको छ।
एपोलो फिड्स प्रा.लि.ले उत्पादन तथा बिक्री वितरण गरिरहेका दानाहरु:
ब्रोइलर, लेयर्स र लोकल कुखुरा (गिरिराज र क्रोइलर पेलेट दाना)
गाई भैसीको एपोलो पेलेट दाना
बंगुरको पेलेट दाना
माछाको पेलेट दाना